बिन्दु धामी ।

अरुको तारिफ गरिरहनु पर्दैन,
आफ्नो हृदय बुझ्दा डर मान्नु पर्दैन ।
मायाको संसार त मुटुभित्रै छ,
त्यसैले त म आफै पर्याप्त छुँ ।

अरुको सहमतिले नभए पनि के भो,
आफ्नै हिम्मतले चलेको छ जिन्दगी यो ।
म छाया जस्तै आफैसंग सधैँ छुँ,
त्यसैले त म आफै पर्याप्त छुँ ।

म पनि खुला आकाशजस्तै विशाल छुँ,
म पनि धर्ती जस्तै सहनशील बलवान छुँ ।
अरुले के सोच्ला भन्ने डर छैन,
किनभने म आफै पर्याप्त छुँ ।
कसैले बुझोस या नबुझोस मलाई,
किनकी आफ्नो कथा आफै लेख्न आउँछ मलाई ।
अन्धकारमा पनि आफै दियो जस्तै बलिदिन्छु,
त्यसैले त म आफै पर्याप्त छुँ ।
जुनी–जुनीको माया उसलाई मात्र बाढ्छु,
हजारौँ सपना पनि ऊ संगै सजाउँछु ।
जीवनका भोगाइ, कठिनाइ आफैले टार्छु,
त्यसैले त म आफै पर्याप्त छुँ ।
लेखक
दार्चुला बहुमुखी क्याम्पस विद्यार्थी