दार्चुलाको विभिन्न स्थानहरूमा आज भव्य रूपमा खेणी मेलाको आयोजना हुँदै

दार्चुला जिल्लाका विभिन्न स्थानहरूमा आज भव्य रूपमा खेणी मेलाको आयोजना हुँदैछ। लेकम गाउँपालिका–१ स्थित सर्मोली बडिपुर, लेकम–५ को मैखोली डाडाबाँग र शैल्यशिखर नगरपालिका–७ स्थित देवथली लगायतका क्षेत्रमा गौराको विशेष रौनक छाएको छ।

मेलाको अवसरमा स्थानियवासीहरूले परम्परागत पूजा–आजाका कार्यक्रमहरू आयोजना गरेका छन् भने, त्यसपछिको मुख्य आकर्षणको रूपमा ठाडो खेल, दामाहा बाजा, देउडा नाच तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिने जनाइएको छ।

यस मेलामा स्थानीय समुदायका साथै वरपरका गाउँहरूबाट पनि ठूलो संख्यामा मानिसहरू सहभागी हुने गरेका छन्। पुराना संस्कृति र परम्परालाई संरक्षण गर्दै पछिल्लो पुस्तालाई समेत यसको ज्ञान दिलाउने उद्देश्यले यस्ता मेलाहरूलाई विशेष महत्व दिइन्छ।

स्थानीय अगुवाहरूका अनुसार, खेणी मेलाले सामाजिक मेलमिलाप, आपसी सद्भाव र संस्कृतिको प्रवर्द्धनमा ठूलो भूमिका खेल्दै आएको छ। यस्ता मेलाहरूले ग्रामीण क्षेत्रको सांस्कृतिक परिचय मात्र दिँदैन, आपसी सम्बन्ध सुदृढ पार्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

मेलाका अवसरमा सुरक्षा व्यवस्था र भीड व्यवस्थापनका लागि स्थानिय निकाय र समुदायका स्वयंसेवकहरू परिचालन गरिएको जनाइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार