दार्चुला । नेपाल सरकारले गत साउन १८ को मन्त्रिपरिषदको बैठकबाट ९७ हिमाल चढ्न सलामी दस्तुर नलिने भएको छ । ९७ हिमाल सबै नेपालको पश्चिमि हिमाली क्षेत्रमा छन् । कर्णाली र सुदूरपश्चिम क्षेत्रका ९७ हिमालको उचाई पाँच हजार मिटरबाट सात हजार मिटर माथीका छन् ।
गत जुलाई १७ बाट दुई वर्ष यो प्याकेज ल्याइएको छ । नेपालका १३०० हिमालहरुमा ४६१ हिमाल मात्रै आरोहणलाई खुला गरेको पर्यटन विभागको तथ्यांकले देखाउँछ । विभागका निर्देशक हिमाल गौतमले नेपालका कम चढेका वा नचढिएका हिमालहरुलाई पवद्र्धन गर्न यस्तो प्याकेज ल्याइएको बताउँँछन् ।
सुदूरपश्चिमका हिमालको उचाई यस्तो छ ।
१. साइपाल पूर्व (६९०७ मिटर)ः हुम्ला, बझाङ
२. धौलागिरी (६६३८ मिटर)ः बझाङ
३. कार्को (६०१५ मिटर)ः बझाङ
४ं फिर्ककोफ पश्चिम (६७४५ मिटर)ः बझाङ
५. रक्सा उराई (६६०९ मिटर)ः बझाङ
६. सुर्मा सरोबर उत्तर (६३९७ मिटर)ः बझाङ
७. नाम्पा दक्षिण (६१० मिटर)ः दार्चुला
८. अपी (७१३२ मिटर)ः दार्चुला
९. अपि पश्चिम (७०७६ मिटर)ः दार्चुला
१०. नाम्पा (६७२९ मिटर)ः दार्चुला
११. नाम्पा द्धितिय (६५५ मिटर)ः दार्चुला
१२. ल्हायुल चुली (६३९५ मिटर)ः दार्चुला
१३. बोबाये चुली (६८०८ मिटर)ः दार्चुला
१४. जेठी बहुरानी चुली (६८५० मिटर)ः दार्चुला
१५. रोक कानी (काप चुली) (६४६८ मिटर)ः दार्चुला
१६. नाम्पा चुली (६६११ मिटर)ः दार्चुला
१७. योको पहाड (६४२३ मिटर)ः दार्चुला
१८. गुराँस (६७४४ मिटर)ः बझाङ
१९. यार्भा (६६४४ मिटर)ः दार्चुला
२०. जयचुङ (६३८८ मिटर)ः दार्चुला
२१. ल्हासा (६१८९ मिटर)ः दार्चुला
