काठमाडौं । सरकारले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने बताएको छ । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत अन्य सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने सरकारको नीति रहेको प्रष्ट्याए ।

लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने भारत(चीनको पछिल्लो सहमतिप्रति प्रधानमन्त्रीले चिनियाँ समकक्षीसमक्ष आफ्नो धारणा स्पष्ट राखेको गुरुङले जानकारी दिए ।

जवाफमा चिनियाँ राष्ट्रपतिले यो विषय नेपाल र भारतको समस्या भएकाले चीनले कुनै हस्तक्षेप नगर्ने प्रष्ट पारेको उनको भनाइ थियो । दुई देशबीचको समझदारीका कारण नेपालको भूमि मिच्न नपाइने गुरुङले बताए ।
