अपिहिमालमा पर्वतारोहण प्रशिक्षण तालिम सञ्चालन हुँदै, अपि आरोहण गर्ने लक्ष्य

दार्चुला — नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना कार्यक्रम अन्तर्गत अपिहिमाल गाउँपालिकाको सहजीकरणमा नेपाल पर्वतारोहण संघले पर्वतारोहण प्रशिक्षण सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका सन्तानब्बे हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर छुट दिएसँगै अपिहिमालमा पर्वातारोहण सम्बन्धि तालिम सञ्चालन हुन लागेको हो ।
अपिहिमालमा हुने प्रशिक्षण तालिमको लागि प्रशिक्षक संजिब गुरुङ नेतृत्वको टोलीलाई गाउँपालिकाले स्वागतसहित अपि वेशक्याम्पको लागि विदाई गरिएको गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बोहराले जानकारी दिए ।
तालिमको क्रममा टोलीले भवया हिमाल आरोहण गर्ने योजना रहेको छ । यस्तै प्रशिक्षक तथा विद्यार्थी सहितको सात सदस्यीय टोलीले अपिहिमाल (७,१३२ मिटर) आरोहण गर्ने लक्ष्य लिएको अध्यक्ष ठेकरे बोहराले बताए ।
यस अभियानले दार्चुला जिल्लामा पर्वतारोहण र साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार