पहिरोले बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरियो

वर्षासँगै खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ । हिजो घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जानकारी दिनुभयो । घरभित्र पुरिएकी उहाँको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार