दार्चुलाको लेकम गाउँपालिका–५ पिडमा पहिरोले एक घर भत्किएको छ । रातिको वर्षासँगै खसेको पहिरोले पिडका वीरसिंह बोहराको २ तले २ कोठे घर भत्किएको ५ नम्बर वडाका अध्यक्ष बलदेवसिंह बोहराले बताए ।

उनका अनुसार घरमुनि पहिरो जाँदा जमिन भासिएर घर भत्किएको हो । घर भत्किनुपहिले नै घरमा भएको सरसामान र गोठमा बाधेका पशुबाहिर निकालेकाले अन्य क्षति भने नभएको उनले बताए ।

यस्तै, लेकम जोड्ने प्रमुख सडक गोकुलेश्वर–रिठाचौपाता खण्डको श्रीपुरस्थित उचाकोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोले सडक पूर्ण रुपमा बन्द भएको लेकम–६ का वडासदस्य चञ्चल खत्रीले बताए ।

पहिरोमा स्थानीय गेडे मिश्रका चराउन लगिएका दुईवटा बाख्रा पुरिएका छन् । सडक अवरुद्ध हुँदा विद्यार्थी, बिरामी तथा सर्वसाधारण आवतजावतमा समस्यामा परेको छ ।