सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले पाँचौ बार्षिकोत्सब मनायो

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको पाँचौ बार्षिकोत्सब भव्यताका साथ मनाइएको छ । सोमबार एक समारोहको आयोजना गरी बार्षिकोत्सब मनाइएको सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति देवराज जोशीले बताउनुभयो ।

विहान ८ः३० बजेदेखी सदरमुकाम खलंगास्थित सशस्त्र गण परिसरमा विभिन्न कार्यक्रमसहित दिवस मनाइएको उहाँले बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा नम्बर ७ बाहिनीका बाहिनीपती प्रदिप कुमार पालको प्रमुख आतिथ्यता रहेको थियो । विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी अनिल पौडेलसहित कार्यालय प्रमुखहरुसहित जनप्रतिनिधि, कर्मचारी, सुरक्षा अधिकारी, विभिन्न पेशा तथा व्यवसायकर्मी सरोकारवाला आमन्त्रित विभिन्न व्यक्तित्तहरुको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार