बझाङका रविन्द्रले रचे इतिहास

धनगढी : बझाङका नेपाली खेलाडीले पहिलो पटक म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका छन् । एमएमए फाइटर रविन्द्र ढाँटले साविक विजेता चोङ्गरेन्ग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

भारतको नोएडामा शनिवार भएको बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा बनाउन सफल भएका हुन् ।

ढाँटको यो व्यावसायिक करिअरको नवौँ खेल हो जहाँ उनले आठ खेल जितेका छन्। उनले यो उपाधि प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन् ।

दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन्। उनी नेपाल वारियर्स च्याम्पियनशिप (एनडब्लुसी) का संस्थापक पनि हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार