स्थापना दिवसको पूर्वसन्ध्यामा वृक्षारोपण गर्दै सशस्त्र प्रहरी

दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको पाँचौँ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण गरिएको छ । दार्चुला सदरमुकाम खलंगा स्थित नमस्कार मन्दिरदेखि महाकाली नगरपालिका–८ सकारसम्म सडक किनार र मन्दिर परिषरमा वृक्षारोपण गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरी ४४ गणका गणपति एसपी देवराज जोशी, जिल्ला प्रहरी प्रमुख प्रकाश दाहाल, प्रमुख अनुसन्धान अधिकृत गोविन्द पाण्डे, लगायत सशस्त्र प्रहरी र वनका कर्मचारीको सहभागितामा वृक्षारोपण गरिएको हो ।
सडक क्षेत्रको उपयुक्त स्थानमा संरक्षणको व्यवस्थासहित बहुउपयोगी बिरुवाहरु पिपल, बर, स्बामी, बेल, अशोका सहित ३३ बिरुवा नमस्कार देखि सकारसम्मका सडक किनारा र मन्दिर परिषरमा रोपण गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार