लाइभ दोहोरी र मोडलिङमा जम्दै अनिता

शैलेशिखर नगरपालिका–५ का अनिता साउँद सानै देखि गीत संगितमा निकै रुचि थियो । २०६१ सालमा सामान्य परिवारमा जन्मिएकी उनी पाँच दिदीबहिनीमध्ये माइली हुन् । सानैदेखि गाउँघरमा हुने विहे ब्रतबन्ध विद्यालयमा हुने प्रतियोगितामा नाच्ने र गाउँने गर्थिन् । वन जंगल जाँदा होस् या एक्लै हुँदा पनि गुनगुनाइ रहने स्वभाव थियो अनिताको ।
घर परिवारले यो क्षेत्रमा लाग्नै हुन्न भन्दा भन्दा पनि शहर पसिन् । कयौंपटक गालीगलौच कुटाइ पनि नखाएको होइन् । तर गीत संगितप्रतीको लगावचाहि घटेन् बरु मन संगीतमै रमाइरह्यो । स्कुलका साना कार्यक्रमदेखि मेलामहोत्सवसम्म जान थालेपछि ‘छोरी मान्छे बिग्रिन्छ’ भन्ने समाजको सोचले उनलाई कहिल्यै साथ दिएन । तर उनले हार मानिनन् । समाजले छोरी एक्लै बाहिर पठाउनु हुँदैन भन्दा पनि अनिताको आत्मबल निकै माथि गइसकेको थियो ।


कक्षा १० मा पढ्दै गर्दा उनले घरबाट ५ हजार रुपैयाँ लिएर काठमाडौँको यात्रा तय गरिन् । न भूगोल चिन्थिन्, न त साथ थिए कोही । धेरै लाग्ने गरेको काठमाण्डौं सपनाको सहर हो । र त्यहि सपनाभित्र खेल्न अनिता काठमाण्डौंको बसमा यात्रा गरिन् ।
काठमाडौँमा रात्री व्यवसाय अन्तर्गतको दोहोरी र रोधी घरमा काम पाउँदा संगीत सिक्ने बाटो खुल्यो अनिता भन्छिन् । त्यही संघर्षको जगमा उनले पहिलो गीत “साडी खल्कली” मा आवाज दिइन् । पहिलो गितले खासै चिनाउन सकेन् । यो २०७९ सालको कुरा थियो ।
त्यसपछि २०८० सालमा आएको ‘जुन लाग्या की’ नामक देउडा गीतले उनको पहिचान नै बदलिदियो । गायक चेतना बोहरा सँग गाएको यो गित अहिलेसम्म निकै चर्चित छ । यहि गीतबाट अनितालाई देउडा दोहोरीमार्फत काठमाण्डौंले मात्र होइन, सुदूर पहाडका गाउँघरले समेत चिन्ने मौका पाए ।
यस गीतबाट उनी एक सफल लोकगायिका र मोडलका रूपमा चिनिन थालिन् । परिवार र समाजले पहिले भनेको बिग्रिस भन्ने छोरीले केही गर्छे भनेर सम्मान पाउन थालिन् । गीतमात्र होइन् उनले नृत्य कौशल त्यतिकै राम्रो छ । पछिल्लो समय उनले काठमाण्डौंमा लाइभ दोहोरीमा समेत जमेकी छिन् ।
उनले कठै मेरो देश, प्रदेशकी छोरी, सुदूरपश्चिम दार्चुला लगायत दर्जन गीतमा स्वर दिइसकेका छन् । संगित कर्मथलो हो भन्ने मान्यता राख्ने उनी छोटो समयमै मोडलिङ, स्टेज कार्यक्रम तथा लाइभ दोहोरी संगीतमा जमिसकेकी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार