सामाजिक सुरक्षा कोषमा आबद्ध हुने सुदूरपश्चिमको पहिलो पालिका बन्याे अपिहिमाल

दार्चुला — अपिहिमाल गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग औपचारिक सम्झौता गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । यो सम्झौतासँगै अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध हुने सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका बनेको हाे।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बाेहरा र सामाजिक सुरक्षा कोषका उप–कार्यकारी निर्देशक विवेक पन्थीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

याे सम्झाैंतासँगै पालिकामा कार्यरत करिब १५० भन्दा बढी करार कर्मचारी तथा स्वयंसेवक शिक्षक–कर्मचारीहरूले सामाजिक सुरक्षा कोषकाे सुविधा प्राप्त गर्ने गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बाेहराले बताए ।
सामाजिक सुरक्षा काेष अन्तर्गत कर्मचारीले निबृत्तिभरण, बिमा, उपचार खर्च लगायतका सुविधा प्राप्त गर्न सक्नेछन्।

संविधानको धारा ३४ अनुसार श्रमिकलाई सामाजिक सुरक्षाको मौलिक हक सुनिश्चित गर्न सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न स्थानीय तहको जिम्मेवारी रहेको छ ।

याे सम्झौताले स्थानीय तहमा कार्यरत अस्थायी श्रमिकहरूको हक र हित सुनिश्चित गर्ने ऐतिहासिक कदम भएको गाउँपालिका अध्यक्ष बाेहरा बताउँछन् ।

सम्बन्धित समाचार

ताजा समाचार