लेकमको उचाकोटमा जिल्ला प्रशासन कार्यालयको घुम्ती सेवा (तस्बिर सहित)

जिल्ला प्रशासन कार्यालय दार्चुलाले लेकम गाउँपालिका–६ स्थित उचाकोटमा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । प्रशासनले लेकमका ६ ओटै वडामा साउन १२ देखि १५ साउनसम्म शिविर सञ्चालन गर्नेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीका अनुसार शिविरको पहिलो दिन सोमबार २२ जनाले नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गरेका छन् । प्रमाणपत्र प्राप्त गर्नेमा १४ जना महिला र ८ जना पुरुष रहेका छन् । त्यसैगरी राष्ट्रिय परिचयपत्रको दर्ता ३३ जनाले गरेका छन् जसमा २५ महिला र ८ पुरुष रहेका छन् ।
नागरिकले नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम खलंगा धाउनुपर्ने बाध्यता अन्त्य गर्न घुम्तीशिवरको आयोजना गरिएको सहायक प्रजिअ धामीले बताए । गाउँमै नागरिकलाई नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा पाएपछि स्थानीय खुसी भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार