सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दोस्रोे पटक विश्वासको मत लिने

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रोपटक विश्वासको मत लिने भएका छन् । उनले आगामी साउन १५ गते सुदूरपश्चिम प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि शाहले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
सोमवार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सभा बैठकमा काँग्रेस संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ ।
यस्तै १५ गते साँझ ५ बजे बस्ने सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (हिप) जारी गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार