हाम्रो बेलाको बर्खेविदा

मोहनबहादुर बोहरा : मेरो बाल्यकाल सामान्य परिवारमा नै हुर्केको थियो । म सायद ६,७ मा पढ्थे त्यतिबेला । म मध्यम अलि राम्रै विद्यार्थी थिए कक्षामा । अरु दाँतरी भन्दाअलि अगाडि नै थिए । म (१–५) सम्म केदार प्राविमा पढ्थे भने ६ देखि सेटि माविमा पढे ।
हाम्रो बर्खे विदा साउन १ गते देखि भदौ १ सम्म हुने गथ्र्यो । हामी छुट्टिमा बिहान खाना खाएर दिउसो बल्लु (गोरु) बाख्रा हेर्ने गर्दथे । मेरो गाउँ (सौनगाउँ) मा त्यतिबेला प्रत्येक घरमा एक हल गोरु सब्बै पाल्थे । बल्लु (गोरु) हरुलाई दाईहरु लडाइँ दिन्थे । एउटा मेरो कालो बल्लु थियो उ लगभग गाउँ भरिका बल्लुहरुको राजा नै थियो । एकदिन उसले लडाइँ गरेर एक सिङ भाचेर अनि त्यो दिन दाइ र मैले घरमा खुब गालि खायौ ।
अनि हाम्रो गाउँमा लगभग बल्लु चराउने गौचर ठुलो थियो । त्यहाँ ठुल खोला भन्ने ठाउँमा हामी खाल (ताल) बनाउथ्यौ । बर्खा याममा पानी परेर खहरे खोलाहरुमा भेल आउँछ हिउँदमा सुख्खा हुन्छ । अनि हामीहरुलाई (दाइहरुले) गारो बोकाउने काम गर्थे । जब खाल पुर्णरुपमा बनाइ सकिन्थ्यो । सुरुको ताजा पानीमा ठुला दाईहरुको पालो आउथ्यो र हामीहरुलाई पछिपछि पालो आउथ्यो तर हामीहरु इमान्दार चाही थियौ है । कनिभने हामी गाइ बस्तुसँगै हेथ्यौ । अर्काको बारिमा लगाउँदैन थियौ । हाम्रो ठुलखोला दुइ टोल थिए । विचको भएर दुइ टोलका साथीहरु आउथे । अनि हामी दिउसो २,३ बजे तिर घरमा गाइ बस्तु लिएर घर आउथ्यौ ।
अब गाउघरतिर आम (आप) खोज्न, खन्ने खोज्न, तिमला पाकेका खान जान्थ्यौ किन भने उतिबेला मोबाइलको जमाना थिएन र खेल्न गथ्यौ । र बेलुकी पख सरहरुले दिएको होमवर्क गर्थौ । अनि सरहरुलाई कुनै ठाउँमा देख्यो भने टाठाबाट डर लाग्थ्यो डरले भाग्थ्यौ अनि सिर झुकाइ नमस्कार गर्थै । र यसो गर्दा गदै हाम्रो बर्खे बिदा सकिन्थ्यो र स्कुल (विद्यालय) लाग्थ्यो मेरा बाल्यकालका साथीहरुलाई खुब सम्झन्छु । र अहिले उहाँहरु जवानीमा पुगेर आ आफ्नो व्यवसायतर्फ उन्मुख हुनुहुन्छ । समयको पावन्दी हो तर आजकलका बाल्यकालका बच्चाहरु पुरै पहिलाभन्दा फरक छन् । मोवाइल छ र त्यसैमा झुमेका हुन्छन् । र गेम खेल्छन रमाउछन ती (खन्ने,तिम्ला बेल्टा) हरु हेरेका हे¥र्यै । प्रविविधको युग हो यसको सहि सदुपयोग गर्न जान्यौ भने संसार यसैमा छ । नत्र मानिसलाई डिप्रेसन तिर लैजान बेर नगर्ला भन्न सकिन्न ?
लेखक
डिलासैनी गाउँपालिका– ६ बैतडीका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार