भन्सार कार्यालय दार्चुलाले ८६ लाख बढी राजस्व संकलन

दार्चुला । दार्चुला भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१÷०८२ मा ८६ लाख बढि राजस्व संकलन गरेको छ । कार्यालयले भारतबाट आयात हुने सामाग्रीमार्फत कुल छयासी लाख ५६ हजार १ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको हो ।
भन्सार कार्यालयले गत वर्ष ७५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा १० लाख ८२ हजार १ सय ७८ रुपैयाँ राजस्व बढि संकलन गरेको दार्चुला भन्सार कार्यालय प्रमुख सुदीप मानन्धरले जानकारी दिए ।
कार्यालयले सबैभन्दा बढी बैशाख महिनामा १९ लाख ५ हजार ९ सय २ रुपैयाँ र सबैभन्दा कम साउन महिनामा २ लाख ८९ हजार ८ सय ९२ रुपैयाँ राजस्व रकम संकलन गरेको छ । ।
त्यस्तै जेठ महिनामा १७ लाख ९९ हजार ९ सय २९ रुपैयाँ, चैत महिनामा ११ लाख १३ हजार ६ सय ६९ रुपैयाँ र फागुन महिनामा ४ लाख ७६ हजार ४ सय १३ रुपैयाँ राजस्व रकम संकलन भएको छ । यस्तै भदौमा ३ लाख ७३ हजार २ सय ७८ रुपैयाँ, असोजमा ४ लाख २० हजार ३ सय ८३ रुपैयाँ, कात्तिक महिनामा ५ लाख ६६ हजार ५ सय ८३ रुपैयाँ मंसिर महिनामा ४ लाख ३७ हजार ९ सय ५२ रुपैयाँ, पुष महिनामा ३ लाख १० हजार ७ सय ७४ रुपैयाँ र माघमा २ लाख ९४ हजार ४ सय ३ रुपैयाँ र असार महिनाको २७ गतेसम्म ६ लाख ६७ हजार राजस्व संकलन गरिएको छ ।
भन्सार कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८०।८१ मा ५९ लाख २९ हजार ९३५ रुपैयाँ राजस्व सकलन गरेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार