दार्चुलाको चमेलिया नदीमा जलसतह बढ्यो

दार्चुला – दार्चुलाको चमेलिया नदी जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
एक दुइ यता निरन्तर भइरहेको वर्षाका कारण चमेलिया नदी बढेको हो । अपिहिमाल भएर बग्ने चमेलिया नदीमा पानी बढेसँगै स्थानीय दाउँरा संकलनमा समेत व्यस्त देखिएका छन् ।
त्यस्तै बझाङको बौलीगाड खोला जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको छ । यो खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा सतर्कता अपनाउन भनिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार