भारत भ्रमण सकेर सुदूरपश्चिमका जनप्रतिनिधि नेपाल फर्किए, ग्रामीण विकासबारे अध्ययन

दार्चुला : भारत सरकार तथा भारतीय दूतावासको निमन्त्रणा र राष्ट्रिय ग्रामीण विकास तथा पंचायती राज संस्था हैदरावादको आयोजनामा १० दिने अध्ययन भ्रमण सकेर नसुदूरपश्चिमका जनप्रतिनिधि नेपाल फर्किएको छ।
भारत सरकारले ग्रामीण क्षेत्रकाे विकासबारे सुदूरपश्चिमका दार्चुला,बैतडी र डडेल्धुराका जनप्रतिनिधिलाई भ्रमण गराएकाे हाे ।

भ्रमणमा सहभागी नेपाली टोलीले भारतका तेलङ्गाना, महाराष्ट्र, र तामिलनाडु राज्यमामा शहरी विकास, कृषि, बागबानी, वेस्ट म्यानेजमेन्ट, उर्जामा रुपान्तरण, ढल व्यवस्थापन, अर्गानिक खेती लगायत विषयमा अभ्यास अवलोकन गराएकाे छ ।

भ्रमणका क्रममा टोलीले हैदरावाद मेट्रो डेभलपमेन्ट अथोरिटी अन्तर्गत ग्रेटर हैदरावाद म्युनिसिपल कर्पोरेशनद्वारा सञ्चालित जवाहरनगर फोहोर व्यवस्थापन केन्द्रको अध्ययन गरेकाेछ ।
सो केन्द्रमा दैनिक उत्पादन हुने फोहोरबाट २४ मेगावाट विद्युत, ५०० टन बायोग्याँस, सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ, मलखाद र रियुज पानी उत्पादन भइरहेको अध्ययनकाे क्रममा पाइयाे, भ्रमण टाेलिमा सहभागी अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बाेहराले भने ।
तेलङ्गानाको संगा रेड्डी जिल्लास्थित बागबानी विश्वविद्यालयमा विभिन्न प्रजातिका फलफूल—आँप, अंगुर, लिची, जामुन आदिको व्यावसायिक खेतीकाे अध्ययन अवलोकन गरिएको उनले बताए ।
महाराष्ट्रको पुणे नगरपालिकामा वेस्ट म्यानेजमेन्ट र स्थानीय शासन अभ्यासबारे अन्तरक्रिया गरियो उनले उल्लेख गरेका छन् । जुन्नार गाउँमा अंगुर खेती र वाइन उद्योग अवलोकन तथा वारामतीको कृषि ज्ञान केन्द्रमा कृत्रिम बुद्धिमत्ता (AI) प्रयोगमा आधारित आधुनिक कृषि अभ्यास प्रभावकारी रह्याे भ्रमणपछि उनले भने ।

यस्तै तामिलनाडु राज्यको ओटीमा फूल खेती, चिया खेती र अर्गानिक खेतीसम्बन्धी अध्ययन गर्नुकाे साथै कुमार गुरू नामक युवाले कसरी अर्गानिक खेतीबाट आम्दानी गरिरहेका छन् भन्ने उदाहरण प्रत्यक्ष अवलोकन गर्न पाइएकाे उनले बताए ।

बैतडी डिलाशैनी गाउँपालिका अध्यक्ष सन्ताेष प्रकाश जाेशीले भारतको हैदराबाद (तेलंगाना), पुने (महाराष्ट्र) र उटी (तमिलनाडु) राज्यमा सम्पन्न १० दिने शैक्षिक अध्ययन भ्रमण अत्यन्तै ज्ञानवर्धक र प्रेरणादायी रहेको बताए ।

फोहर व्यवस्थापन, दिगो विकास लक्ष्यको स्थानीयकरण, जैविक खेती, कृषि क्षेत्रमा AI को प्रयोग, उद्यमशीलता, असल शासन लगायत विषयमा अभ्यास र अनुभव सँगाल्न पाएकाे जाेशीकाे भनाइ छ ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीका अनुसार, उक्त भ्रमणले विकास सोच, दृष्टिकोण र कार्यशैलीमा सकारात्मक परिवर्तन र नयाँ प्रेरणा थपेको उल्लेख गरे। अध्ययन भ्रमणका क्रममा प्राप्त अनुभव र ज्ञानलाई आगामी दिनमा समुदाय सेवा, विकास योजना र नेतृत्वदायी भूमिकामा प्रयोग गरिने प्रतिबद्धता उनले गरे ।

सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाका नगर प्रमुख, गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहित २७ जनाकाे टाेलीले भारतकाे हैदरावादका विभिन्न क्षेत्रमा भ्रमण गरेकाे हाे । भारतीय दूतावास काठमाडाैंले आयोजना गरेकाे अनुभव आदानप्रदान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यसहित गरिएको यो भ्रमण नेपालका स्थानीय तहका जनप्रतिनिधिहरूका लागि भारत सरकारले आयोजना गरेकाे याे तेस्रो भ्रमण हाे ।
कार्यक्रमले भारत र नेपालको दीर्घकालीन मैत्री सम्बन्धलाई थप बलियो बनाउने विश्वास भारतीय राजदुतावासले व्यक्त गरेकाे छ।

सम्बन्धित समाचार

ताजा समाचार