दार्चुलाका सुनचाँदी व्यवसायी आन्दाेलित

दार्चुला । सुनचाँदी लगायत आभुषणमा लगाईएको असमान कर र भ्याट खारेज गर्न माग गर्दै दार्चुलाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् ।
सुनमा लगाइएको २ प्रतिशत विलासित कर र बहुमूल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार कर ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियम निर्माण गर्नुपर्ने लगायतका मागहरु राखेर सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय कार्यक्रम अनुसार दार्चुलामा पनि आन्दोलनका कार्यक्रम जारी रहेको दार्चुला सुनचाँदी व्यवसायी संर्घष समितिका अध्यक्ष सन्तोष दयालीले बताए । संघर्ष समितिले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै अवैज्ञानिक कर निर्धारण भएको भन्दै आपत्ति जनाएको छ ।


नेपाल सरकारले सुनचाँदीलाई विसालीताको वस्तुमा राखेर कर र भ्याट दर बढाएको विषयमा गम्भिर ध्यानाकर्षण भएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार