दार्चुलामा वन अतिक्रमण गरी घर निर्माण गरिदै

दार्चुला । दार्चुलामा सामुदायिक वन क्षेत्रलाई अतिक्रमण गरेर व्यक्तिगत घर÷टहरा तथा सरकारी सङ्रचनाहरू निर्माण गरेको पाइएको छ । डिभिजन वन कार्यालय दार्चुलाले अतिक्रमित वन क्षेत्रको तथ्याङ्क सङ्कलन र अद्यावधिक गरेपछि यहाँको सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निजी घर तथा केही सरकारी सङ्रचना निर्माण गरेको पाइएको हो ।
डिभिजन वन कार्यालयका कार्यालय प्रमुख लक्ष्मीराज जोशीका अनुसार जिल्लाको कुल वन क्षेत्रफल दुई लाख ३४ हजार ४६१ हेक्टर क्षेत्रफलमध्ये १.८५ हेक्टर क्षेत्रफल अतिक्रमण गरेर १२ वटा सङ्रचना निर्माण गरेको भेटिएको छ । अतिक्रमण गरिएको वन क्षेत्र १.८५ हेक्टर क्षेत्रफलमध्ये गत आर्थिक वर्ष २०८१÷८२ मा ०.००१ हेक्टर क्षेत्रफल नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
‘यहाँको अधिकांश ठाउँमा सडक सञ्जाल विस्तार भएपछि स्थानीयले लुकिछिपी पसल÷टहरा बनाउन वनक्षेत्र अतिक्रमण गर्ने होडबाजी चलेको देखिन्छ,’ उनले भने । कतिपय अवस्थामा वन पैदवारको गैरकानुनी चोरीनिकासी गरेको समेत पाइएको छ । आर्थिक वर्ष २०७०÷७१ देखि नै वनक्षेत्र अतिक्रमण गर्ने गरेको पाइएको उनले जानकारी दिए ।
जिल्लाको माालिकार्जुन गाउँपालिका–२ मा रहेको सलानीधार सामुदायिक वनको ०.६ हेक्टर क्षेत्रफलमा एउटा घर निर्माण, वडा नम्बर ४ मा रहेको हुन्शिखर सामुदायिक वनको ०.१ हेक्टर क्षेत्रफलमा दुई घर निर्माण, वडा नम्बर १ मा रहेको सिसली सामुदायिक वनको ०.५५ हेक्टर क्षेत्रफलमा दुई घर निर्माण, वडा नम्बर ३ मा रहेको बसेडी सामुदायिक वनको ०.३ हेक्टर क्षेत्रफलमा पाँच वटा घर निर्माण, वडा नम्बर ३ मै ०.२ हेक्टर क्षेत्रफल अतिव्रmमण गरी स्वास्थ्य चौकी भवन निर्माण गरेको पाइएको छ । यस्तै गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सतचोरा विद्यालयनजिकको ०.१ हेक्टर क्षेत्रफल अतिक्रमण गरेर एक घर निर्माण गरेको पाइएको हो ।
नेपाल सरकारले वन अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले ‘वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति, २०६८’ ल्याएको छ । यहाँका मुक्त कमैया, मुक्त हलिया, सुकुमवासी, बाढीपीडित व्यक्तिले नभई घरवार भएका तर व्यापार तथा अन्य प्रयोजनका लागि सडक सञ्जाल विस्तार भएपछि वन अतिक्रमण गरेर बस्ने गरेको पाइएको कार्यालय प्रमुख जोशीले बताए ।
हाल अतिक्रमित क्षेत्रमा निर्माण गरिएका १२ वटा घरधुरीमा मानिस बसोबास गरिरहेका छन् । सबै जसो स्थानीय तहमा सडक सञ्जाल विस्तार हुने क्रममा रहेको तथा मानिसले सडक किनारको वन क्षेत्रलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरिरहेका छन् । वन अतिक्रमण नियन्त्रण गर्न सम्बन्धित समुदाय, स्थानीय तह जिम्मेवार हुनपर्ने उनको भनाइ छ ।
वन स्रोतको उचित व्यवस्थापन गर्दा वातावरणको संरक्षण भएर भूक्षयको रोकथाम हुने, सिमसार क्षेत्र पुनस्र्थापना हुने र वन्यजन्तुको वासस्थानको संरक्षण भएर जैविक विविधता संरक्षणमा सहयोग पुग्ने उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार