ओमकार पाल नेपाल एथलेटिक्स संघ दार्चुलाको अध्यक्षमा निर्वाचित

दार्चुला — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नाराका साथ सम्पन्न नेपाल एथलेटिक्स संघ दार्चुलाको तेस्रो जिल्ला अधिवेशनबाट ओमकार पाल अध्यक्षमा निर्वाचित भएका छन् ।
खलंगामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै कृष्ण स्नातक क्याम्पस लालीका स्ववियु अध्यक्षसमेत रहेका पाललाई जिल्ला समितिको नेतृत्व सुम्पिएको हो ।
समितिको उपाध्यक्षमा गौरव चुनारा, सचिव दानसिंह कार्की, कोषाध्यक्ष गगनसिंह धामी चयन भएका छन् । यस्तै सदस्यहरुमा करनसिंह धामी, धनमाया महता, दुर्गा महरा, अनुज पार्की, यशोदा चन्द, रोहित टमटा, लोकेन्द्र ओड र नविन पार्की चयन भए ।
नेपाल एथलेटिक्स संघ दार्चुलाका निवर्तमान अध्यक्ष दानसिंह कार्कीको अध्यक्षता भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष मानसिंह बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार