दार्चुला- दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा पालिकास्तरीय बालसञ्जाल गठन गरिएको छ।
मालिकार्जुन गाउँ पालिका महिला बालबालिका शाखाको सहजीकरण तथा गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपालकाे सहजिकरणमा संजाल गठन गरिएको हाे ।

मालिकार्जुनमा भएको भेलाले पालिकास्तरीय सञ्जाल गठन गरिएको मालिकार्जुन गाउँपालिकाका महिला विकास निरीक्षक आरती शर्माले जानकारी दिइन् । भेलाले भुरी टमटाकाे अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ ।


समितिले बाल अधिकारको संरक्षण, बालमैत्री समाज निर्माण तथा बाल सहभागिता प्रवर्द्धनमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
बैठकमा गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामी लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।

