दार्चुलामा महाकाली नदीमा बालुवा निकाल्ने क्रममा एक युवक बेपत्ता, खोजी कार्य जारी

दार्चुला जिल्लाको दुहु गाउँपालिका–६ बाटमुणिका २८ वर्षीय दिपु लोहार महाकाली नदीमा बेपत्ता भएका छन्।

आज दिउँसो महाकाली नदी किनारमा बालुवा निकाल्ने क्रममा लोहार नदीमा खसेर बेपत्ता भएका हुन्। घटनापछि तत्काल स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले खोजी कार्य सुरु गरेको छ।

दार्चुला प्रहरीले जनाएको अनुसार घटनास्थल आसपासका क्षेत्रलाई केन्द्रित गरी बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार