महाकाली नदी किनारमा शव फेला

दार्चुला । जिल्ला सदरमुकाम खंलगास्थित महाकाली नदी किनारमा फेला परेको शव पुरुषको भएको खुलेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयको तलतिर महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले नदी किनारबाट शव निकालेको र अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए। मृत्तक पुरुषको नाम ठेगाना भने खुल्न बाकीँ रहेको बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार