मालिकार्जुन गाउँपालिका दार्चुलाले आगामी आर्थिक वर्षको लागि ६३ करोड बढि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको मंगलबार १४ औं अधिवेशनले आर्थिक २०८२।०८३ को लागि कुल ६३ करोड ८ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
गाउँसभाको १४औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष हिरासिंह धामीले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै गाउँपालिका प्रवक्ता मदन बहादुर चन्दले बजेट प्रस्तुत गरेका थिए । गाउँपालिकाले पुजिगततर्फ १४ करोड ७५ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
