दुहुँमा बालक्लव पदाधिकारीहरुलाई तालिम

दार्चुला । दुहुँ गाउँपालिकाका बालक्लव पदाधिकारीहरुलाई तालिम दिइएको छ । दुहुँ गाउँपालिकाको समन्वय, गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजिकरणमा दुहुँ गाउँपालिकाअन्तर्गत ५ वटै माध्यमिक विद्यालयका बालक्लबका पदाधिकारीहरूलाई तालिम दिइएको हो ।

बालक्लव पदाधिकारीहरुलाई बाल अधिकार, बाल संरक्षण, बाल विवाह तथा नेतृत्व विकास सम्बन्धि २ दिने तालिम दिइएको सामुदायिक ग्रामिण विकास समाज नेपालका उदय बोहराले जानकारी दिए । तालिममा गाउँपालकाका ५ वटा विद्यालयबाट ४–४ जना बालक्लवका पदाधिकारीहरू सहभागी भएका थिए ।

यसैबीच जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत हुनैनाथ मावि चन्दनपुर, कृष्ण मावि डाँडाकोट र डिन्सि मावि डिन्सिमा पनि बालक्लबका पदाधिकारीहरूलाई दुई दिनको तालिम दिइएको छ । तालिमपछि मालिकार्जुन गाउँपालिका र दुहुँ गाउँपालिकाअन्तर्गतल रहेका माध्यमिक विद्यालयहरूका बालबालिकाहरूलाई बाल अधिकार, संरक्षण र बालविवाह सम्बन्धी सचेतिकरण तालिम सञ्चालन गरिनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार