डाडावागका विद्यार्थीलाई युवा व्यवसायी धामीले गरे पोसाक वितरण

नौगाड गाउँपालिका वडा नम्बर ४ स्थित डाडाबाग आधारभूत विद्यालय गैराका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । नौगाड गाउँपालिका–४ घर भइ हाल काठमाण्डौंमा व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी डबलसिह धामीले विद्यार्थीलाई पोसाक वितरण गरेका हुन् ।
सिटु ग्रुप तथा धरहरा रेस्टुरेन्ट गार्डेनका सञ्चालक समेत रहेका धामीले बुधबार ४४ जना विद्यार्थीहरुलाई पोसाक वितरण गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्तु टमटाको अध्यक्षता एंव नौगाड गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णसिंह धामीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ ।
त्यस्तै सोही कार्यक्रममा स्थानीय करनसिंह धामीले विद्यालयलाई एक हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार