महाकाली नगरपालिकाका टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण

महाकाली नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत टुहुरा बालबालिकाहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिएको छ । महाकाली नगरपालिकाको सहयोग तथा एकपाइलो मल्टिमिडिया प्रालिको आयोजनामा शैक्षिक सामग्री वितरण गरिएको हो ।
सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रमकाबीच नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिन् । नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका एक सय २० जना बालबालिकालाई सामग्री वितरण गरिएको उनले बताइन् ।
सामुदायिक विद्यालयमा अध्ययनरत तथा नगरभित्र स्थायी ठेगाना भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको एकपाइलो मल्टिमिडिया प्रालिका प्रबन्धक रमेशसिह खत्रीले जानकारी दिए ।
‘ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा आदिवासी जनजातिमाझ उपप्रमुख कार्यक्रम’ अन्तर्गत विद्यार्थीलाई टुहुरा बालबालिकालाई सामाग्री वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत दुबै आमाबुबा गुमाएका, वा आमा वा बाबुमध्ये एक अभिभावक नभएका टुहुरा बालबालिकालाई प्राथमिकतामा दिइएको नगर उपप्रमुख खत्री विष्टले बताइन् ।
उनले भनिन्, थोरै भए पनि बालबालिकाको पढाईमा सहयोग पुगोस् भनेर शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रममा विद्यार्थीको साथै सम्बन्धित विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार