नेकपा एमाले दार्चुलाद्वारा बधाई तथा शुभकामना कार्यक्रम

नेकपा (एमाले) जिल्ला कमिटी, दार्चुलाले आइतबार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । जनवर्गीय संगठनका अधिवेशनमा दार्चुलाबाट विभिन्न जिम्मेवारीमा निर्वाचित भएका भएका व्यक्तिहरुहरूलाई सम्मान एवं बधाइ शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।
अधिवेशनबाट प्रदेश तथा केन्द्रीय कमिटीका पदाधिकारीमा निर्वाचित भएको भन्दै बधाई शुभकामना कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए । उनले भने, ‘दार्चुलाले योपटक प्रदेश तथा केन्द्रीय तहका विभिन्न नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी पाएका छौं ।’ यो जिम्मेवारीलाई सफलतापूर्वक कार्यसम्पादन गर्न तथा संगठन निर्माणमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
एमाले जिल्ला कमिटीले नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम सह इञ्चार्ज पदमराज जोशी, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष नरेन्द्रसिह कार्की र स्वास्थ्यकर्मी महासंघ नेपाल सुदूरपश्चिम प्रदेश उपाध्यक्ष दिपकराज विष्टलाई सम्मान गरेको हो ।
उनीहरुलाई काईक्रमका प्रमुख अतिथि नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा दार्चुला इञ्चार्ज पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, एमाले केन्द्रीय सदस्य हरदेव जोशी र जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले खादा ओडाएर सम्मान गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार