अनेरास्ववियु स्थापना दिवस : पूर्व अध्यक्ष र स्ववियुमा निर्वाचितलाई सम्मान

अनेरास्ववियुले आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा अनेरास्वयिुका पूर्व अध्यक्ष देखि स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचितहरुलाई सम्मान गरेको छ । खलंगामा स्थापना दिवस मनाउँदै दार्चुलामा अनेरास्ववियुका स्थापनायताका पूर्वअध्यक्षहरुलाई सम्मान गरेको हो ।
अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज गणेशसिह ठगुन्नाले अध्यक्षहरुलाई खादा र सम्मानपत्रसहित सम्मान गरे ।
अनेरास्ववियुले २०५० देखि जिल्लामा अनेरास्ववियुका अध्यक्ष भएकाहरुलाई सम्मान गरेको छ । यस्तै हालै सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट विभिन्न पदमा निर्वाचितहरलाई समेत सम्मान गरेको छ ।
स्थापना दिवसको अवसरमा अनेरास्ववियुले प्रकाशन गरेको भित्तेपात्रोको समेत विमोचन गरिएको अध्यक्ष जोशीले बताए । अनेरास्ववियुले भित्तेपात्रोलाई ऐतिहासिक दस्तावेजको रुपमा तयार पारेको छ ।
कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य एवं मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी, जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्ती, एमाले अपिहिमाल गाउँ कमिटी अध्यक्ष धर्मानन्द मन्याल, लगायतका एमालेका जिल्ला कमिटी सदस्य, अखिलका पूर्व नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार