दार्चुलामा अब हुनेछ `फरक पालिका फरक उत्पादन´

दार्चुलामा अब कृषि क्षेत्रमा ´एक पालिका एक उत्पादन, फरक पालिका फरक उत्पादन` बनाउने गरि कार्ययोजना निर्माण गरिएको छ ।
प्रादेशिक कृषि विकास रणनीति (पिएडीएस) जिल्ला समन्वय समितिको बैठकले जिल्लामा कृषि र पशुजन्य उत्पादन बढाउन यस्तो कार्ययोजना निर्माण गरिएको हाे ।

भेटेरिनरी अस्पताल तथा कृषि ज्ञानकेन्द्र दार्चुलाको सयुक्त आयोजनामा प्रादेशिक कृषि विकास रणनीति सम्बन्धि बैठकले पालिकाअनुसार फरक उत्पादन गर्ने कार्ययोजना निर्माण गरेकाे कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए ।

सबै स्थानीय तहका प्रमुख एंव कृषि प्राविधिकहरुसंग समन्वय गरेर उत्पादन क्षेत्र छनोट गरिएको छ ।

अगामी आर्थिक वर्षमा कार्यान्वयन हुने गरि व्यवसायिक बाली र प्राङ्गारिक बाली क्षेत्र छनोट गरेर उत्पादन हुने बालीहरु निर्घारण गरिएको उनले बताए ।

व्यवसायिक बाली कार्यक्रमअन्तरगत नौगाड गाउँपालिकामा तरकारी खेती, अपिहिमाल गाउँपालिकामा स्याउँ खेती, मार्मा गाउँपालिकामा आलु खेती र दुहुँ गाउँपालिकामा मसला बाली कार्यक्रम लागू हुनेछ ।
यसैगरी ब्याँस गाउँपालिकामा आलु खेती, मालिकार्जुन गाउँपालिकामा ओखर खेती, लेकम गाउँपालिकामा मसला बाली, शैल्यशिखर नगरपालिकामा सुन्तला खेती र महाकाली नगरपालिकामा तरकारी खेतीको लागि छनाेट गरिएको छ ।

यस्तै प्राङ्गारिक बाली अन्तरगत नौगाडमा दाल बाली, अपिहिमालमा र मार्मामा राजमा बाली, दुहुँमा स्थानीय केरा बाली, ब्याँसमा रैथाने बाली, मालिकार्जुनमा मसला बाली, लेकममा माैरी प्रबर्दन शैल्यशिखरमा च्याउँ खेती र महाकालीमा बृहत आलु खेतीको लागि प्रस्ताव गरिएको छ ।

यसैगरी शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मार्मा गाउँपालिकामा उखु प्रबर्दन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार