मालिकार्जुन गाउँपालिकाकाे “न्वालपानीको विकास र पर्यटन प्रवद्धन हाम्रो प्रयास” भन्ने नारा र मालिकार्जुन न्वालपानी जनसमुदायको आयोजनामा “मालिकार्जुन- न्वालपानी-दमौरा सडककाे मङ्गलबार पूर्वमन्त्री गणेशसिह ठगुन्नाले उद्घाटन गरेका छन् ।


नेकपा(एमाले) पोलिट्ब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज समेतरहेका ठगुन्नाले सडककाे उद्घाटन गर्दै विकट क्षेत्रलाई सडक सञ्जालमा जाेड्दै लगिने बताए ।
गाउँपालिकाले आफ्नै लगानीमा सडक खनेकाे हाे । मालिकार्जुन गाउँपालिकाबाट १२ किलोमिटर सडक खनिएको इन्जिन इश्वर पन्तले जानकारी दिए । सडक सञ्जालबाट टाढा रहेकाे पालिकाकै दुर्गम बस्तीमा सडक पुगेपछि ओैपचारिक कार्यक्रम गरि उद्घाटन गरेकाे हाे ।
अहिले सडक न्वालीपानीकाे दमाैरासम्म सडक पुगेकाे छ ।


सडक उद्घाटन गर्न पुगेका पूर्वमन्त्री ठगुन्ना, गाउँपालिका अध्यक्ष हिरासिह धामी लगायतको भव्य स्वागत गरिएको छ ।
स्थानीयले बाजागाजा र फुलमालाले स्वागत गरिएको छ ।


गाउँपालिकाले आफ्नै स्काभेटर लगाएर सडक खनेकाे हाे । झण्डै ६/७ वर्षअघि सडक खन्न सुरू गरिएको थियाे । तर पछिल्लो दुई वर्षमा सडक निर्माणले तिब्रता पाएकाे हाे ।
सडक उद्घाटनकाे क्रममा बाेल्दै मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीले दुर्गमबस्तिसम्म सडक पुर्याउने याेजनाअनुरूप काम थालिएको बताए । याे बस्ती निकै टाढा थियाे । बाटाे अप्ठ्यारो थियाे । यस्ताे अवस्थामा नागरिकलाई सहजरूपमा सेवा पुर्याउन सडक सञ्जालमा जाेडिनु आवश्यक रहेकाे धामीले बताए । याे सडक मालिकार्जुन हुँदै महाकाली नगरपालिका जाेड्ने अध्यक्ष धामीले बताए । धार्मिक पर्यटकीय हिसाबले याे सडक महत्त्वपूर्ण छ ।

पूर्वमन्त्री ठगुन्नाले सडक निर्माणपछि नागरिकलाई सेवा सुविधा लिन सहजता हुने बताए । स्थानीय सरकारले जनतालाई प्रत्यक्ष सेवा सुविधा दिने हाे उनले भने, जुन कार्य मालिकार्जुन गाउँपालिकाले गरेकाे छ । सडक निर्माण गरि जनतालाई सेवा पुर्याउने काम नै प्रमुख हाे ।
मालिकार्जुन गाउँपालिकाले पालिकाभित्रका अधिकांश वस्तिमा सडक सञ्जालले जाेड्ने गरि अगाडि बढेकाे छ ।