दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका सिनियर अहेव दिनेशप्रसाद जोशीको सोमबार साँझ निधन भएको छ । मालिकार्जुन–६ को उकु स्वास्थ्य चौकीमा कार्यरत जोशीको मृत्यु भएपछि मंगलबार पालिकामा शाेक विदा दिइएको छ ।
जोशी सोमवार बिहान ११ बजे स्वास्थ्य चौकीमै लडेर बेहोस भएका थिए । जोशीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी ल्याउने क्रममा मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
पस्ती पुग्दा जोशीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि पस्ती आधारभूत अस्पतालमा लगिएको र डाक्टरले मृत घोषित गरिएको थियो । लेकम गाउँपालिका–३ मकन्ना पुख्र्यौली घर भएका जोशीको परिवार हाल कञ्चनपुर बस्दै आएका छन् ।

