सम्पाल मावि सुन्सेराकाे ७० ओैं वार्षिकोत्सब सम्पन्न

व्याँस गाउँपालिकास्थित सम्पाल माध्यमिक विद्यालयकाे ७० ओैं वार्षिकोत्सब तथा अभिभावक भेला सुन्सेरामा भव्यरूपमा सम्पन्न भएको छ ।
पूर्वमन्त्री एवम् नेकपा(एमाले) पोलिट्ब्यूरो सदस्य गणेशसिंह ठगुन्नाकाे प्रमुख आतिथ्यमा वार्षिकोत्सब सम्पन्न भएको हाे ।
२०११ देखि निरन्तर शिक्षा दिदै व्याँसकै अगुवा विद्यालय सुन्सेराले वार्षिकोत्सब समाराेहलाई भव्य मनाएको छ ।
वार्षिकोत्सब तथा अभिभावक दिवसमा विद्यालयले विद्यालयका संस्थापक प्रधानाध्यापक, संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अभिभावक, एसइइमा उत्कृष्ट नतीजा ल्याउने पूर्व विद्यार्थी, लगायतलाई सम्मान गरेकाे छ ।
दिवसमा सांस्कृतिक प्रस्तुति राखिएको थियाे भने स्थानीय महिलाहरूले व्यासको विशेष छलिया प्रस्तुति देखाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रसिह कुवँरकाे अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलदेव धामीले विद्यालयकाे आयव्यय, शैक्षिक स्थिति, र आगामी याेजनाबारे कार्य पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिह धामी, उपाध्यक्ष बिनाेदसिह कुँवर, प्रवक्ता उपेन्द्र सिह धामी, नेकपा एमालेका केन्द्रीय सदस्य हरदेव जाेशीकाे आतिथ्य रहेकाे थियाे ।
यस्तै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्त, महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक दामाेदर जाेशी, मालिकार्जुन नमुना मावि धापका प्रधानाध्यापक सुन्द्रसिह बुढाथोकी लगायतको स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति थियाे ।

सम्बन्धित समाचार

ताजा समाचार