नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको छैटौं जिल्ला अधिवेशन मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्तीमा भएको छ । जानकी टमटाको अध्यक्षता तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विकको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले मुरारीलाल टमटाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेश नेपाली, पानमती पार्की, सचिव जमुना नेपाली, उपसचिव बसन्ती कोली र कोषाध्यक्षमा उज्जवलराम टमटा चयन भएका छन् ।
उद्घाटन शत्रमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज गणेशसिह ठगुन्ना, केन्द्रीय सदस्य हरदेव जोशी, प्रदेश सदस्य एवं मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी, लालबहादुर विक, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
