प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष नरेन्द्रसिह कार्कीलाई दार्चुलामा स्वागत गरिएको छ । नेपाल पत्रकार महासंघ दार्चुला शाखा र प्रेस चौतारी नेपाल दार्चुला शाखाले कार्कीलाई शनिबार स्वागत गरेको हो ।
गत फागुन १६–१७ गते धनगढीमा सम्पन्न प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनमा कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । निर्वाचित भएपछि दार्चुला पुगेका कार्कीलाई खलंगामा स्वागत गरिएको छ ।
प्रेस चौतारी नेपाल दार्चुला शाखाले प्रेस चौतारी नेपाल दार्चुलाका संस्थापक सचिव हुँदै प्रदेश अध्यक्ष भएकोमा कार्कीलाई स्वागत गरिएको प्रेस चौतारी जिल्ला शाखा अध्यक्ष लोकेन्द्र प्रसाद जोशीले जानकारी दिए । कार्की प्रेस चौतारी नेपालको तर्फबाट जिल्ला शाखामा एकपटक सचिव, दुई कार्यकाल अध्यक्ष हुँदै अघिल्लो कार्यकालमा सुदूरपश्चिम प्रदेश समितिमा सचिव थिए ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कार्कीलाई जिल्लामा स्वागत

