सुदूरपश्चिमका ४० प्रतिशत महिला घरायसी काममै सीमित

श्चिम प्रदेशका ४० प्रतिशत महिला अझै श्रम बजारबाहिर अर्थात् घरायसी काममै सीमित रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ । धनगढीमा आयोजित सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रदेशमा ठूलो सङ्ख्यामा महिला श्रम बजार बाहिर रहेको बताइएको हो ।

घरायसी कामका कारण महिला श्रम बजारमा आउन नसकेको सशक्त महिला समृद्ध नेपालकी कार्यक्रम संयोजक सङ्गीता यादवले बताईन् । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा २६.४ प्रतिशत १५ देखि वा सोभन्दा बढी उमेर समूहका महिलाले कुनै न कुनै हिँसा भोगिरहेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा ८८.४ प्रतिशत किशोरीले आफ्नो विवाहको उमेर आफै तोक्ने गरेको पाइएको जनाइएको छ । महिला सशक्तिकरणका लागि विभिन्न नीति, नियम बने पनि कार्यान्वयनको पाटो फितलो रहेको यादवको बुझाइ छ ।

त्यस्तै, युनिसेफ बाल सुरक्षा अधिकृत उपमा मल्लले यौन हिंसाको शिकार हुनेमा दुई तिहाइ बालिका रहेको उल्लेख गरिन् । महिला सशक्तिकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारले अझ बढी काम गर्न आवश्यक रहेको युएन वमन सुदूरपश्चिम प्रदेश संयोजक प्रतिभा चौधरीले बताईन् ।

सशक्त महिला समृद्ध नेपाल, युनाइटेड नेसन नेपाल लगायतले संयुक्त रुपमा गरेको कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका प्रोग्राम म्यानेजर मञ्जु लामा, युएन वमनका सन्तोष आचार्य लगायतले विषय विशेषज्ञको रूपमा आफ्नो प्रस्तुति राखेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार