मध्यावधि समीक्षा गर्दै नौगाडमा एमाले

तीन महिने जरा केन्द्रीत अभियानमा लागेको नेकपा एमालेले नौगाडमा मध्यावधि समिक्षा गरेको छ । यो बीचमा भएका गतिविधि र पार्टीलाई अझै माथि बढाउन आगामी रणनीतिबारे मध्यावधि समीक्षा थालेको हो ।
नेकपा (एमाले) नौगाड गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोरे धामीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य एवं दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्य रहेको छ ।


समीक्षामा अभियानको बारेमा भएका गतिविधि, कमीकमजोरीबारे समीक्षा गरिएको एमाले जिल्ला कमिटी सदस्य गोबिन्दसिह धामीले बताए । जनस्तरबाट आएका सुझावका आधारमा नयाँ रणनीति बनाउने एमाले तयारी छ ।
यस्तै एमालेले समीक्षा कार्यक्रममा पालिकाभित्रका ज्येष्ठ अगुवा कार्यकर्तालाई सम्मान गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार