गोलीकाण्डमा संलग्न कर्णबहादुर दार्चुलाको दत्तुबाट पक्राउ

गोली प्रहार गरि भाईको हत्या गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई महाकाली नगरपालिका–९ दत्तुबाट पक्राउ गरिएको छ । कर्णलाई नेपाल–भारत सीमा दत्तुबाट पक्राउ गरिएको हो ।
गत शनिबार भाइनाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहार गरी हत्या लगत्तै उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहाल नेतृत्वको टोलीले विष्टलाई भारत भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
फरार कर्णबहादुरलाई मोबाइलको लोकेशनको आधारमा पक्राउ गर्न सफल भएको डिएसपी दाहालले बताए । उनी गाउँमा लुकेको अवस्थामा फेला परेका हुन् । उनलाई पक्राउ गर्न बैतडीबाट समेत प्रहरी पुगेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार