सुन कतिमा हुदैछ, आज कारोवार

काठमाण्डौ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिन यता लगातार बढीरहेको सुनको भाउ आज भने घटेको हो ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार