विपद व्यवस्थापनकाे लागि पूर्व तयारी आवश्यक : पूर्व मुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले विपदकाे व्यवस्थापनकाे लागि पूर्व तयारी आवश्यक रहेकाे बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले आयाेजना गरेकाे आगलागी नियन्त्रण सम्बन्धि सेमुलेशन कार्यक्रममा यस्ताे बताएका हुन् ।
कार्यक्रममा रावलले विपद जुनसुकै समयमा पनि आउन सक्ने भएको हुँदा पूर्व तयारीमा ध्यान दिन आग्रह गरे । विपदकाे समयमा एक अर्का निकाय सँग समन्वय सम्पर्क जरुरी हुन्छ, उनले भने,विपदकाे समयमा परिस्थिति भन्दा पनि दिमागले काम गर्नुपर्छ ।
कार्यक्रममा आगलागी नियन्त्रण सम्बन्धि अभ्यास समेत गरिएको थियाे ।

सम्बन्धित समाचार

ताजा समाचार