दुहुँ गाउँपालिका वडा नम्बर ३ ले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्राेत्साहन गर्ने भएको छ । वडाभित्रका दुईवटा विद्यालयबाट एसइईमा सहभागी भएर उत्कृष्ट अङ्क ल्याउनेलाई प्राेत्साहन स्वरूप नगद दिने निर्णय गरेकाे हाे ।
वडा भित्र रहेका जनविकास मावि वारबाज र गणेश मावि सिमिलमा अध्ययनरत विद्यार्थीलाई प्राेत्साहन स्वरूप नगद दिने निर्णय भएको वडा अध्यक्ष देब बहादुर बमले जानकारी दिए ।
वडा कार्यपालिकाले परीक्षामा सहभागी भई गणित, विज्ञान र अङ्ग्रेजी विषयमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्राेत्साहन स्वरूप पुरस्कार दिने निर्णय भएको छ ।
जसअनुसार ३.२ जिपिए ल्याउने विद्यार्थीलाई नगद ५ हजार, ३.६ जेपिए ल्याउनेलाई १५ हजार र ३.६ भन्दा माथि ल्याउनेलाई २५ हजार रूपैयाँ दिने निर्णय भएको उनले बताए । याे प्राेत्साहन रकमले विद्यार्थीलाई पढाईमा केन्द्रित गर्न प्रतिस्पर्धा गर्न प्रेणा मिल्ने अध्यक्ष बमकाे भनाइ छ ।
दुहुँले एसइई नतिजालाई ध्यान दिदै अभिभावक, शिक्षक, विद्यार्थी र सराेकारवालाबीच शैक्षिक अन्तर्किया, प्रिटेस्ट तथा अहिले कमजाेर विषयमा नतिजा सुधारकाे लागि अतिरिक्त कक्षा समेत सञ्चालन गर्ने तयारी गरेकाे छ ।
