नेकपा एमालेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत शैल्यशिखरमा सञ्चालन भएको छ । सोमबार शैल्यशिखर नगरपालिका–५ बगोरामा वडा केन्द्रीत अभियान सञ्चालन भएको हो ।
वडा केन्द्रीत अभियान अन्तर्गत नेकपा एमालेले आफ्ना ज्येष्ठ कार्यकर्तालाई सम्मान गर्दै आएको छ । उनीहरुको योगदानको आधारमा पार्टीले सम्मान पत्र दिने गरिएको नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशीले बताए । अभियान अन्तर्गत विगतमा पार्टी छोडेकाहरुलाई घर फिर्ता अभियान थालिएको छ ।

अभियानमा नेताको भाषण भन्दा जनताको गुनासो सुन्ने काम भइरहेको छ । नेताको भाषण भन्दा समुदायस्तरमा देखिएका समस्याको पहिचान गर्ने काम भइरहेको केन्द्रीय सदस्य जोशीले बताए । प्रत्यक्ष जनताको असन्तुष्टि खोज्दै जाने र जितेका स्थानीय तहमा कसरी गुनासो सम्बोधन गर्न सकिन्छ भनेर अभियानमा निक्र्यौल गरिने उनले जनाए ।
स्थानीय तहमा जित हासिल गरे पनि सरकार र जनताबीचको दुरी बढेको भन्दै उनले भने, यो अभियानले भएका कमजोरी सच्याउँदै जनतालाई नजिक ल्याउने प्रयास स्वरुप अभियान थालिएको हो । जनप्रतिनिधि सँगै राखेर अभियान थालिएको छ । हरेक वस्तीका नागरिकलाई गुनासो गर्ने, सुन्ने मौका दिएका छौं, यो निरन्तर रहन्छ । पहिलो चरणमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा वडा तहमा र पछि वडाबाट वस्ती टोलसम्मका नागरिकका गुनासो पार्टीले सुन्ने र सम्बोधन गर्ने योजना बनाएको उनको भनाई छ ।
अभियान अन्तर्गत पार्टी र नेतृत्वकाबिरुद्ध फैलाइएका सबैखाले भ्रमजाल तोड्ने एमालेको नीति छ । नेतृत्वले काम गरे पनि समुदाय वस्तीस्तरका नागरिकसम्म पार्टीको कामको प्रचारप्रसारमा कमी भए पछि यो अभियानले त्यो पूर्णरुपमा निम्ट्यान्न पार्ने उनको विश्वास छ ।
प्रत्येक वडा, टोल र घरधुरीसम्म पुग्ने ‘जराकेन्द्रित अभियानले नेता र जनताको सम्बन्ध अझै बढ्ने विश्वास नेकपा एमालेका पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी बताउँछन् । एमालेले गरेका कामलाई जनस्तरमा पुर्याउने अभियानको उद्देश्य भएको जोशीको भनाई छ ।

स्थानीय तहमा देखिएका समस्यालाई सम्बोधन गर्न पनि वस्तीस्तरम्म पुग्ने यो अभियान महत्वपूर्ण भएको नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं शैल्यशिखर नगर प्रमुख विजयसिह धामीले बताए । उनले भने, हामीले गरेका काम पनि हाम्रै कार्यकर्ताबाट प्रचार प्रसार हुन सक्दैन्, । गुनासो मात्रै गरेर समस्या समाधान नहुने भन्दै जनताको वास्तविक समस्या नगरपालिकाले सम्बोधन गर्दै आएको बताए ।

नगरभित्रका ठूला विकास निर्माण काम दु्रत गतिमा भइरहेको छ । स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम भइरहेको छ । स्थानीय सरकारको श्रोतले भ्याएसम्म स्थानीयका समस्या समाधान गर्न नगरपालिकाले जहिल्यै तयार रहेको भन्दै उनले भने, व्यक्तिगत समस्या र योजना भन्दा पनि सामुहिक र पार्टीको हितमा हुने योजना गुनासो ल्याउन सुझाए ।
पार्टीले थालेका महत्वपूर्ण कामहरु कार्यकर्ता सक्रिय हुन नसक्दा पार्टी विरोधी गतिविधि बढेको भन्दै एमाले जिल्ला कमिटी उपसचिव कर्णबहादुर खडायतले अभियानमार्फत पार्टी नेतृत्व र पार्टीप्रति फैलाइएका अफवाह हटाउन लाग्नुपर्ने बताए ।

यो अभियान अभियानमात्रै नभई, वस्ती टोलका वास्तविक समस्या सुल्झाउन मार्गदर्शनको रुपमा हुने बताए । स्थानीय तहले योजना तर्जुमा गर्ने बेला हुँदैछ । त्यसको पूर्वसन्ध्यामा सञ्चालन भएको जरा केन्द्रीत अभियानले जनताको वास्तविक समस्या पहिचान हुने विश्वास व्यक्त गरे । जनताका साना साना समस्या छन् । समस्या समाधानको लागि अब स्थानीय तह लाग्नुपर्ने गरी योजना बनाइनुपर्छ भन्ने यो अभियानको मुख्य उद्देश्य हो । मध्यम र ठूला योजना विकास निर्माण क्रमश हुँदै जाने भन्दै जनताका मुलभूत साना तिना समस्या समाधान गर्दै अघि बढ्न यो अभियान महत्वपूर्ण भएको बताए ।

नेकपा एमालेले थालेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत केन्द्रीय सदस्य, पार्टीका पदाधिकारी, जिल्ला कमिटी सदस्य, वडा कमिटी इन्चार्ज, नगर कमिटी, जनवर्गीय संगठन तथा जनप्रतिनिधि अनिवार्य उपस्थित गराउन भनिएको छ ।
यसैबीच शैल्यशिखर नगरपालिका वडा नम्बर ५ मा भएको वडा केन्द्रीत अभियानमा २०७४ सालमा नेपाली काग्रेंसबाट निर्वाचित वडा अध्यक्ष मदनसिह रावल नेकपा एमालेको घर फर्क अभियानमा समाहित भएका छन् ।
सो कार्यक्रममा शैल्यशिखर नगर कमिटीले वडा नम्बर ५ का दुई दर्जन बढि ज्येष्ठ कार्यकर्तालाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।




