दार्चुलाको नौगाड गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै पालिकामा सार्वजनिक विदा दिएको हो ।
गाउँ कार्यपालिका बैठकको निर्णय भन्दै गाउँपालिकाले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक विदा दिने निर्णय भएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
पालिकाले जारी गरेको पत्रमा भनिएको ’प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०८१।१०।३० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार मिति २०८१ फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा अत्यावश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु तथा शैक्षिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय जानकारी गरिन्छ ।’
नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिह धामी नेकपा (माओवादी) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
