प्रयागराज कुम्भमेलामा आमासहित गएका अवस्थीकाे गाडीको ठक्करबाट मृत्यु

मालिकार्जुन गाउँपालिका उद्यम विकास शाखा प्रमुख जगदीशचन्द्र अवस्थीको प्रयागराज कुम्भमेलामा प्रस्थान गर्नेबेला गाडीको ठक्करबाट ज्यान गएकाे छ ।
ज्मालिकार्जुन गाउँपालिका-५ डाडाकोट घर भएका अवस्थी आमालाई लिएर कुम्भमेला जाँदै थिए । आफू चढेकाे गाडीबाट ओर्लेर जाने क्रममा अर्का गाडीले ठक्कर दिएकाे हाे । गाडीको ठक्करबाट गम्भीर घाइते भएका अवस्थीकाे अस्पताल नपुग्दै मृत्यु भएको थियाे ।
अवस्थी मालिकार्जुनका उद्यम विकास संयोजक तथा नेपाल निजामति कर्मचारी संगठन मालिकार्जुन पालिका अध्यक्ष समेत हुन् । लामाे समय गैरसरकारी संघसंस्थामा काम गरेका अवस्थी सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्यसमेत हुन ।
यसैबीच गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार