भूमि आयोग दार्चुलामा यी हुन थपिएका तीन सदस्य

राष्ट्रिय भूमि आयोग दार्चुलाको सदस्यमा तीन जना थपिएका छन् । नेपाली काग्रेँस र नेकपा एमालेबीच भएको भागवण्डा अनुसार तीन सदस्य थपिएका हुन् । आयोगमा भएको भागवण्डा अनुसार नेकपा एमालेबाट दुई सदस्य तथा नेपाली काग्रेसबाट एक सदस्य थप भएका हुन् ।
भूमि आयोगको सदस्यमा नेपाली काग्रेसबाट विज्ञ सदस्यको रुपमा मालिकार्जुन गाउँपालिका–७ का संगीता बम नियुक्त भएकी छिन् । यस्तै नेकपा एमालेबाट सदस्यमा महाकाली नगरपालिका–३ का नारायणदत्त भट्ट र महिला सदस्यमा मार्मा गाउँपालिका–३ का कमला विष्ट नियुक्त भइन् ।


यसअघि गत पुस अन्तिम साता भूमि आयोगको अध्यक्षमा नेपाली काग्रेसबाट लालसिह धामी नियुक्त भएका थिए । आयोगका जिल्ला अध्यक्ष बनेका धामी मालिकार्जुन गाउँपालिका–३ का बासिन्दा हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार