प्रेस चौतारी नेपाल दार्चुला शाखाले २७ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल दार्चुलाका विरामीलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पतालमा भर्ना भएका विरामीलाई फलफुल वितरण गरेको हो ।
प्रेस चौतारी नेपाल दार्चुला शाखा अध्यक्ष लोकेन्द्रप्रसाद जोशी, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सचिव नरेन्द्रसिह कार्की, जिल्ला अस्पताल दार्चुलाका डाक्टर सञ्जीव श्रेष्ठ, सूचना अधिकारी डम्मरदत्त भट्ट, पत्रकार महासंघ तथा चौचारी जिल्ला शाखा उपाध्यक्ष बिमला भुजेल धामी, प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष इन्द्रसिह साउँद, पत्रकार महासंघका कोषाध्यक्ष ललितसिह सामन्त लगायतको उपस्थितिमा विरामीलाई फलफुल वितरण गरिएको छ ।