नेकपा एमालेकाे तीन महिने संगठन निर्माण अभियान मालिकार्जुन गाउँपालिका-६ उकुबाट सुरू भएको छ । नेकपा एमालेका पाेलिटव्यूराे सदस्य तथा दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाले अभियानकाे सुरूवात गरेका छन् ।
प्रत्येक वडा, टोल र घरधुरीसम्म पुग्ने ‘जराकेन्द्रित अभियान सुरू भएको एमाले जिल्ला कमिटी सचिव उमेशराज जाेशीले जानकारी दिए । तीन महिनाभित्र टोल कमिटी र जनसंगठन तलसम्म पुर्याउने गरि नेता कार्यकर्ता परिचालन गरिने छ ।

अभियान अन्तर्गत पार्टी र नेतृत्वकाबिरुद्ध फैलाइएका सबैखाले भ्रमजाल तोड्ने एमालेकाे नीति छ ।
एमालेले गरेका कामलाई जनस्तरमा पुर्याउने एमालेकाे लक्ष्य रहेको पूर्वमन्त्री समेत रहेका पाेलिटव्यूराे सदस्य गणेशसिह ठगुन्नाले बताए । अभियानमा सबै तहका कमिटी परिचालन गरिएको छ ।
