माटोप्रति माया भएका देशभक्त नागरिकलाई पूर्वमन्त्री ठगुन्नाको अपिल–‘छाङ्गरु जोड्ने पैदलबाटो खन्न आउनुहोस्’

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले नेपालकै बाटो भएर व्याँसको छाङ्गरु जोड्न पैदल बाटो बनाउन देशभक्त नागरिकले श्रमदानमा जुट्न अपिल गरेका छन् । प्रेस चौतारी नेपाल दार्चुलाको पाचौं जिल्ला अधिवेशन उद्घाटन गर्दै ठगुन्नाले देशभक्त र राष्ट्रभक्त नागरिकले श्रमदान गरेर पैदलबाटो निर्माणमा लाग्न अपिल गरेका हुन् ।
‘नेपालको आफ्नै भूगोलमा हिड्न बाटो नहुनु यो निकै लज्जाको विषय हो,’ पूर्वमन्त्री ठगुन्नाले भने, ‘आफ्नै घर जान भारतको अनुमति लिनुपर्दा यो भन्दा ठूलो कलङ्क के हुन्छ । अहिलेसम्म गरेका राजनीतिक कलंक फाल्न पनि अब श्रमदान गरेर भए पनि छाङ्गरु जोड्ने पैदल घोरेटोबाटो निर्माण गर्नुपर्छ ।’
यो अभियानमा यो दल त्यो दल होइन्, देशभक्त, राष्ट्रभक्त र माटोप्रति माया भएका सबै नागरिक जोडिनुपर्छ । जनता परिचालन गरेर हिड्ने बाटो चाहि खोल्नुपर्छ । फागुन र चैत महिना श्रमको महिना बनाएर सबैले बाटो खन्न हिड्नुपर्छ, उनले भने, ‘यो श्रम आह्वान हो ।’
गणतन्त्रपछि पूर्ण रुपमा बन्द भएको सुनसेरादेखि छाङ्गरुसम्मको पैदलबाटो खोल्न अब सबै जुट्नुपर्छ । स्वयं उपभोक्ता परिचालन गरेर भए पनि पैदल घोरेटोबाटो खोल्नैपर्छ । जनताले काम गर्न सक्ने ठाउँमा जनपरिचालन र अप्ठ्यारो ठाउँमा बजेट खर्च गरेर भए पनि बाटो चाहि बनाउनै पर्ने उनको भनाई छ ।
अहिले छाङ्गरुसम्मको घोरेटो बाटो खन्न अर्थ मन्त्रालयबाट साढे पाँच करोड बजेट स्वीकृत भएको समेत उनले जानकारी दिए । बजेट स्वीकृत भइसकेको छ, अब छिट्टै गाउँपालिकाको खातामा बजेट आउँछ ।

जब प्रधानमन्त्रीले अर्थमन्त्रीलाई व्याँसको पैदल घोरेटोबाटो खन्न चन्दा मागु भनेपछि ?
दार्चुलाबासीको एकमात्रै चाहना थियो, कम्तीमा नेपालको चुच्चे नक्सा भएको गाउँ छाङ्गरुसम्म जान नेपालकै पैदल घोरेटोबाटो चाहि हुनुपर्छ । भारतबाट छाङ्गरु जान भारतीय प्रशासनको अनुमूति माग्नुपर्दा राष्ट्रिय लज्जाको विषय बनेको थियो ।
कयौंपटक नेपालका जनप्रतिनिधि र सर्वसाधारण छाङ्गरु जान नपाएर बीच बाटोबाटै भारतीय एसएसबीले फर्काइदिएको थियो ।
नेपालको त्रिदेशीय नाका जोड्ने दार्चुला–टिंकर सडक तत्कालै बन्ने अवस्था छैन् । महाकाली करिडोर अन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म पुग्न अझै वर्षौ लाग्ने अवस्था देखिएपछि पूर्वमन्त्री ठगुन्नाले एउटा अठोट गरेर सडक बन्दै गर्छ, अब नेपालकै भूमि भएर छाङ्गरु पुग्न पैदलबाटो चाहि बनाउनैपर्छ । पछिल्लो समय हरेक जसो कार्यक्रममा उनकै एउटै उद्घोष रह्यो, राजनीतिक कलंकको रुपमा रहेको आफ्नै भूमि भएर हिड्न पैदल घोरेटोबाटो चाहि खोल्नुपर्छ । यसअघि पटकपटक बाटो खोल्न बजेट नआएको होइन्, तर त्यो बजेट सही सदुपयोग नहुँदाको पीडा व्याँसका नागरिकले भोग्दै आएका छन् ।
त्यहिँ समस्या समाधान गर्न अब जनसहभागितामा जनश्रमदान र अप्ठ्यारो ठाउँमा बजेट खर्च गरेर पैदल हिड्न बाटो बनाउनुपर्छ उनले भनेका थिए । त्यसको लागि गत पुसमा दार्चुला पुगेका एमाले पोलिटव्यूरो समेत रहेका ठगुन्नाले व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामीको नेतृत्वमा छाङ्गरु तिंकरका अगुवा स्थानीयलाई काठमाण्डौं हिडाए । माग एउटै थियो, प्रधानमन्त्री, अर्थमन्त्रीलाई व्याँसको छाङ्गरु पुग्न आफ्नै भूमिबाट पैदल घोरेटोबाटो पुर्ननिर्माण ।
पुस ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका दार्चुला इन्चार्ज समेत रहेका ठगुन्ना नेतृत्वको टोलीले भने, ‘हामीलाई आफ्नै भूमिबाट हिड्न पैदलबाटो बनाउछु । बजेट व्यवस्थापन गरिदिनु प¥यो ।’ टोलीको अगुवाई गरेका ठगुन्नाले प्रधानमन्त्रीलाई भेटको उदेश्य दर्शाए ।
प्रधानमन्त्रीले सोधे, ‘कति बजेट चाहिने हो,’ पूर्वमन्त्री समेत रहेका ठगुन्नाले भने, ‘हामीलाई धेरै चाहिएको छैन्, अहिलेलाई ५ करोड रुपैयाँ भए बाटो खोल्छौ ।’ व्याँसको मागबारे सुनेका प्रधानमन्त्रीले अर्थमन्त्री विष्णु पौडेललाई फोन लगाए, र भने मेरा दार्चुलाका मान्छे आएका छन्, यता आउनुहुन्छ कि त्यतै पठाउँ । नभन्दै केहि छिनमै अर्थमन्त्री विष्णु पौडेल पुगि हाले । प्रधानमन्त्रीले सोधे, व्याँसको छाङ्गरु जोड्न ५ करोड बजेट चाहिने भयो, दिन सक्नुहुन्छ कि म आफै चन्दा मागु ? अलि सिरियस अलि रमाइलो पाराले कुरा राखेपछि अर्थमन्त्रीले भने, ‘सम्मानीय ज्यूबाट मर्जी भएपछि म मिलाइहाल्छु नि ।’

सम्बन्धित समाचार

ताजा समाचार