नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष धामी निर्विरोध निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको अध्यक्षमा राजेन्द्रसिह धामी पुन निर्विरोध निर्वाचित भएका छन् । सदरमुकाम खलंगामा भएको १० औं अधिवेशनबाट धामी पुन दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
यस्तै संगठनको उपाध्यक्षमा मदनसिह ठगुन्ना, महिला उपाध्यक्षमा धाना कार्की, सचिव कर्णबहादुर खत्री, सहसचिव मोहनसिह धामी र कोषाध्यक्षमा धनबहादुर लोहार निर्वाचित भएका छन् ।
यसैगरी संगठनको जिल्ला कार्य समिति सदस्यहरुमा केशव विष्ट, तारासिह देउरुखी, प्रमानन्द भट्ट, प्रेमसिह बुढाथोकी, गोविन्द महरा, नारन्ती कार्की, गौरसिह ठगुन्ना, धमेन्द्रसिह ठगुन्ना र सर्जन ओखेडा निर्वाचित भएका छन् ।
संगठनको साधारणसभाको उद्घाटन नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा दार्चुला इन्चार्ज पदमराज जोशीको विशिष्ट आतिथ्यमा भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार